

बारा । कोभिड–१९ (नोभेल कोरोना) भाइरसको संक्रमण रोक्न गत चैत्र ११ गतेका दिन देखि नेपाल सरकारले गरेको लकडाउनका कारण बन्द रहेका वीरगन्ज–पथलैया औद्योगिक करिडोरका केही उद्योगहरु शुक्रवार देखि क्रमश : सञ्चाालनमा आउँन थालेका छन् ।
सरकारको निर्णय अनुसार कोरना भाईरसको संक्रमणबाट बच्न अपनाउँनु पर्ने न्युनतम पुर्वाधार पुरा गरि स्थानीय प्रशासनको अनुमति लिएर यहाँका उद्योगहरु सञ्चालनमा आउन थालेका हुन् ।
उद्योग सञ्चालन गर्न पाउँ भनि आएको निवेदनका आधारमा स्थानीय प्रशासनको अनुगमन पश्चात हाललाई बहुप्रतिष्ठित उद्योग हुलास स्टिल , सुर्य नेपाल र जगदम्बा प्रा.लिले उद्योग सञ्चालन गरेका छन् । शुक्रवारबाट सञ्चालनमा आएका यी उद्योगहरुसँगै परेका अन्य निवेदनका बारेमा छानबिन र अनुगमन अगाडी बढाईएको ईलाका प्र्रशासन कार्यालय सिमरा, बाराका प्रमुख कृष्ण गैरेले बताए ।
उनले विकास निर्माणको कामलाई सहयोग पुर्याउनुका साथै राज्यको कर प्रणालीलाई सहयोग गर्ने उद्योगहरुलाई प्रार्थमिक्तामा राखेर सञ्चालनको अनुमती दिईएको बताए ।
कामदारहरुका लागि भित्री आवासको व्यवस्था मिलाउने, समाजीक दुरी कायम गर्ने, दैनिक स्वास्थ्य चेकजाँच गर्ने, मास्क र सेनिटाईजरको प्रयोग गर्ने लगायत ७ बुँदे शर्तको पालन गर्ने गरी प्रशासन कार्यालयले यी उद्योगहरुलाई सञ्चालन गर्ने अनुमती दिएको ईलाका प्र्रशासन कार्यालय सिमरामा प्रमुख गैरेले बताए ।
यस क्षेत्रमा साना, ठुला, मझौला गरी करिब दुई सयको संख्यामा उद्योग, कलकारखानाहरु रहेका छन् ।
लकडाउनको अवस्थामा उद्योग सञ्चालन गर्न अनेंकौं समस्याबाट गुज्रिरहेको जिल्लाको सिमरा स्थित बहुप्रतिष्ठित उद्योग हुलास स्टिलका प्रशासकिय प्रमुख अखिल सिंहले बताए । उनले उद्योगमा कच्चा पदार्थका साथै बजारी करणको समस्या हुने गरेको बताए ।
ईलाका प्रशासन कार्यालयबाट भएको सहमति अनुसार हाललाई हुलास स्टिलमा दश जना मात्रै कर्मचारीहरुबाट काम गराईएको प्रशासकिय प्रमुख सिंहले बताए । उद्योगमा उत्पादन गर्न खासै समस्या नभए पनि त्याहाँ कार्यर्त कामदारहरुलाई खान र बस्नलाई आवासको व्यवस्थापन गर्दा पनि मजदुरहरु उद्योगमा बस्न नचाहेको पनि उनले गुनाँसो गरेका छन् ।
यस करिडोरमा रहेका खाद्यान्नका साथै औषधिका उद्योगहरु नियमित रुपमा सञ्चालन हुँदै आएका छन् । भने प्रशासनको अनुमति बिना नैं लकडाउनमा अनआवश्यक रुपमा सञ्चालनमा रहेका उद्योग , कलकारखानाको प्रहरी , प्रशासनले समय समयमा अनुगमन गर्नु पर्ने आवश्यक्ता देखिन्छ ।
खरिबोट





Write your Comment