

बारा।
बाराको कोल्हवी नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेको ३५ जना मध्ये १२ जनाको स्वाब परिक्षणका लागी नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा पठाइएको छ । भारतबाट जिल्ला फर्किएका १२ जनालाई क्वारेन्टाइनमा राखि कोरोनाको संक्रमण जाँच्न उनिहरुको स्वाब नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा पठाइएको हो ।
भारतमा मजदुरी गरि काम गर्दै आएका १२ जना लकडाउनका कारण रोजगारबाट फर्किएका १२ जनाको स्वाब कोरोना भाईरस सक्रंमण भए नभएको परिक्षण गर्न नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा पठाइएको हो ।
कोल्हवी नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा अहिले सयौंजना बसेर घर फर्किए छन् । भारतमा काम गरि फर्किएका १२ जनाको स्वाब परिक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महमद साविर ठकुराईले जानकारी दिए ।
उनीहरुको रिपोर्ट ७२ घण्टापछि आउने जनाइएको छ । निजगढबाट पाँच जना गरी स्वाब परिक्षण पठाईएका १७ जनालाई हाल सम्म क्वरेनटाईनमा राखिएको छ । तर उनीहरुमा हाल सम्म सक्रंमणको कुनै पनि लक्ष्यण भने देखिएको छैन
चेरवन्त खबर





Write your Comment