‘चाउचाउ खुवाउन कोरोना संक्रमितलाई आईसोलेसन किन पठाउने’ : सिडियो पण्डित

रातोघर

 २०७७ जेष्ठ ३, शनिबार  मा प्रकाशित
३२४ पाठक संख्या


बारा ।

विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नेपाल पनि अहिले लडिरहेको छ । हामीले यो समाचार तयार पार्दसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित नै प्रदेश २ बनेको छ । प्रदेशका ८ वटै जिल्लामा १ सय ९ जना कोरोना संक्रमित भेटिसकेका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । ७० शैयाको आईसोलेसन बेड रहेको र अस्पतालमा एउटा बेड खाली भएकोले ७१ जनालाई सोही अस्पतालमा राखी उपचार भईरहेको छ । बाँकी संक्रमितहरुलाई सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाईनमा सेमि आईसोलेसन निर्माण गरि उपचार भईरहेको छ ।

आज जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडित पुष्टि गरेका छन् ।

हालसम्म बारा निवासी ४ जनामा कोरोना संक्रमणको पुष्टि भईसक्दा पनि यहाँका स्थानिय तह र प्रशासन मौन रहेको छ । जिल्लामा अहिलेसम्म आईसोलेसन वार्डको निर्माण गर्नु त परै जाओस् तयारी समेत थालिएको छैन ।

शनिबार प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि सो बारेमा जानकारी लिनका लागि प्रजिअ पंडितलाई फोन सम्पर्क गर्दा गैर जिम्मेवारी पुर्ण अभिव्यक्ति दिएका छन् । उनले संक्रमित प्रहरी जवान रहेको र छुट्टै क्वारेन्टाईनमा राखिएको बताए । यसैगरी, बारामा कोरोना उपचारको लागि आईसोलेसन वार्ड नभएकोले संक्रमितलाई वीरगंज लैजाने हो भन्ने हाम्रो प्रश्नमा वीरगंजमा राख्ने ठाउँ का छ ? भन्दै हप्काए । हामी आश्चर्यमा पर्यौ उनको त्यो प्रतिक्रियाबाट ।

उनले भने – ‘तपाईं पत्रकार हैन, पर्सामा रहेका संक्रमितहरु चाउचाउ खाएर बस्या छन्, जानकारी छैन’, उनलाई कसरी त्यहाँ पठाउने ? कलैयामा उपचार गराईन्छ भनी प्रतिक्रिया दिए । उनको जवाफ आफ्नो सरकारले गरेको कोरोना आइसोलेसन तयारीमा चित्त नबुझेर हो या , वीरगन्जमा उपचाररत कोरोना संक्रमित बिरामी भोगेर आएको दु:ख मिडियामा सार्वजनिक गर्दाको पिडा हाम्लाई बुझ्न हम्मे हम्मे पर्‍यो ।

पत्रकार पनि अरु जस्तै यही समाजका व्यक्तिका हुन् । आफ्ना आसपास हुने हरेक कुराको आधिकारीक जानकारी बिना त्यत्तिकै लेख्न पाईदैन । पत्रकारका लागि पनि केही नियम र दायरा बनाईएका छन्, उनीहरुले पनि कानुनको पालना गर्नुपर्छ । तर जिल्लाका प्रमुखको हैसियतले जिल्लाको सबै सूचनाको जिम्मेवारी लिएका उनले संचारकर्मीलाई पनि जानकारी दिनु प्रमुख जिल्ला अधिकारीको कर्तव्य रहेको हाम्रो बुझाइ छ । सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौं ।

हामीले यो समाचार तयार गर्दासम्म संक्रमितलाई आईसोलेसन वार्डमा भर्ना नगरिएको बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनलाई अहिले प्रहरी कार्यालयभित्र निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको र उनको उपचारका लागि कलैया या नारायणी अस्पताल कहाँ लैजाने भन्ने निर्णय नभएको बताए ।

-lalkkhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban