थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

रातोघर

 २०७७ जेष्ठ ४, आईतबार  मा प्रकाशित
२४८ पाठक संख्या


जनकपुर । धनुषामा पाइएका संक्रमित दुई जना व्यक्ति चितवनबाट आएको खुलेको छ । २० वर्षीय र ६५ वर्षिय संक्रमित व्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ स्थित घोडघास गाउँका हुन् ।

जिल्ला बाहिरबाट आएपछि उनीहरुलाई नगराइन नगरपालिका वडा नम्बर–५ स्थित गंगुलीमा रहेको प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । प्रादेशिक क्वारेनटाइन स्थलका संयोजक संतोष ठाकुरले संक्रमित दुवै ब्यक्ति चितवनबाट घोडघासस्थित घर आएका थिए ।

उनीहरु बैशाख ३० गते नै चितवनबाट नगराइन नगरपालिकास्थित घर आइपुगेका क्वारेन्टाइन स्थलका संयोजक ठाकुरले जानकारी दिए । उनले भने, ‘दुवै जना आफ्नो घर पुगेर घर परिवारसँगै बसिरहेका थिए । तर पछि स्थानीय प्रहरीले बाहिरबाट आएका मानिसहरु घरमा बसेको जानकारी पाए लगत्तै उनीहरुलाई क्वारेनटइनमा ल्याइएको थियो ।’

दुवै जना चितवनस्थित मैदा कारखानामा काम गर्छन् । दुवै चितवनबाट पैदल यात्रा गर्दै पथलैयासम्म आएका थिए । त्यसपछि ट्रकमा चढेर र गन्तव्यसम्म आउनका लागि पुनः पैदल यात्रासमेत गर्दै घोडघासस्थित घर आइपुगेका थिए ।

बैशाख ३० गते नै दुवै जनाको स्वाब संकलन गरेको थियो । अहिले ति दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर स्थित कोभिड–१९ विशेष अस्पतालमा ल्याइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban