हावाहुरीका कारण कोल्हबी नगरपालिकाको रामपुर्वामा करिब ३४ घरमा ठुलो क्षती

रातोघर

 २०७७ जेष्ठ १२, सोमबार  मा प्रकाशित
२६१ पाठक संख्या


बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ रामपुर्वामा हिजो आइतबार राती ७ बजे आएको भिषण हावाहुरीका कारण ३४ घरमा क्षती भए संगै ५ वटा बिजुलीको पोल समेत ढलेको छ ।

अचानक आएका हावाहुरी संगै बर्षा हुंदा रामपुर्वाको सानो टोलमा दलित, गरिब र मजदुर लगायतका घरहरुमा क्षती पुगेको छ । कसैको घरको छाना उडाएर लग्को छ भने कसैको घर समेत ढलेको छ । क्षती हुनेमा अधिकाँस माझी र पास्वान लगायत थारुहरु रहेका छन ।

करिब पाँच वटा बिजुलीको पोल ढलेको हुँदा कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बिजुलीको लाइन समेत काटिएको छ । बिद्युत नहुँदा बिभिन्न संघ संस्थाहरु, बित्तिय कारोबार गर्न कठिनाइ भैरहेको छ भने कोल्हबी नगरपालिका अवस्थित संचार क्षेत्रबाट सुचना , समाचार सम्प्रेशन गर्न एकदमै कठिनाइ भएको रेडियो कोल्हबीका प्रबक्ता एवं चेरवन्त खबरका सम्पादक नन्देश्वर चौधरीको भनाइ रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban