प्रशासन इमान्दार रहेमात्र समाज भष्ट्राचारमुक्त बन्छ : काँग्रेस नेता श्यामबाबु गुप्ता

रातोघर

 २०७७ जेष्ठ १५, बिहिबार  मा प्रकाशित
५७९ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालीकाका काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले देशको प्रशासन क्षेत्र इमान्दार रहेमात्र समाज भष्ट्राचार मुक्त बन्ने धारणा राखेका छन् ।

इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेको बिदाई कार्यक्रममा बोल्दै गुप्ताले गैरेको कार्यकालको प्रशँसा गर्दै प्रायजसो भष्ट्राचार प्रशासन क्षेत्रमै हुने र नागरिकलाई अनेक बहान देखाएर पैसा असुल्ने प्रवृत्तीको बिरोध गदैृ गुप्ताले सिमराको इलाका प्रशासन कार्यालयलाई ब्यवस्थीत बनाउन गैरेले निभाएका भुमिका बारे चर्चा गरे ।

देश संघियतामा प्रवेश गरी राज्य ब्यवस्था नै परिवर्तन भएपनी देशका निजामती कर्मचारीको ब्यवहारमा परिवर्तन आउन अझै समय लाग्ने भन्दै गुप्ताले अब सबै तह र क्षेत्र मिलेर देशलाई समृद्ध बनाउन आवस्यक रहेको जिकिर गरे ।

जीतपुरसिमरा उपमहानगरपालीका वडा नम्बर १ को कार्यालय , खानेपाली उपभोक्त समिती पथलैयाको कार्यालय तथा काँग्रेस नगर समितीको संयुक्त आयोजनामा गरिएको बिदाई कार्यक्रममा प्रमुख गैरेलाई फुलमाला र खादा ओढाई बिदाई गरिएको छ ।

कार्यक्रममा खानेपाली पथलैयाका शुरेस लामा , वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङ लगाएतले प्रमुख गैरेलाई बिदाई तथा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रमुख गैरे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा बाजुरा जिल्ला सरुव भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban