

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले एडभान्स सिमेन्टका संचालकले आफुमाथि निराधार आरोप लगाएर मिडियाबाजी गरेको भन्दै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा अध्यक्ष चौधरीले जेठ १८ गते लकडाउनको समयमा वडासंग कुनै समान्वय नै नगरी एडभान्स सिमेन्टले भारतीय सवारीबाट माल ओसारपसार गरेको कार्यलाई आफुले रोकेको कुराको गलत प्रचार गर्न लगाइएको बताएका छन् ।
उनका बारेमा नेपाल बहस नामक अनलाईन पत्रिकाले ‘घुस नपाएपछी जनप्रतिनि नै गुण्डागर्दीमा उत्रे’ शिर्षकमा समाचार प्रकासन गरेको थियो ।
समाचारमा भनिएअनुसार उनीमाथी करिब दुई दर्जन गुण्डा दलबलसहित बकुलियास्थित एडभान्स सिमेण्ट फ्याक्ट्री अगाडि कच्चा पदार्थ क्लिंकर लिएर आएको ट्रक ड्राइभर र सहचालकसहित कर्मचारीमाथि हातपात गरेका आरोप छ । त्यस्तै उद्योगसंग पटक पटक रकम मागेको समेत समाचारमा खुलाइएको छ ।
यसैबिच नेपाल बहसका सम्पादक इन्द्र रिजालले भने सम्पुर्ण प्रमाणका आधारमा समाचार तयार गरिएको बताएका छन् । रातोघरसंग कुराकानी गर्दै उनले समाचारमा कुनै पुर्वाग्रह नभएको समेत जिकिर गरेका छन् ।

तर, वडाअध्यक्ष चौधरीले समाचारमा सत्यता नभएको र आरोप प्रमाणित गरे जुनसुकै सजाय भोग्न समेत तयार रहेको पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।
कोरोना महामारीको संकटको समयमा महामारीलाई वडामा सचेतना फैलाउन नदिन समिति बनाएर अभियान अनुसार अगाडी बढेको र सोहि क्रममा उद्योगले भारतबाट समान ओसारपसार गर्न थालेपछि स्थानियको बिरोधका कारण आफुले वडा भित्र भित्रीएका सवारीसाधनलाई नियन्त्रणमा लिदा आफुमाथि उद्योगका संचालकले निराधार आरोप लगाई विभिन्न मिडियामा प्रचारबाजी गरेको वडा अध्यक्ष चौधरीको आरोप छ ।






Write your Comment