गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्सा द्वारा पत्रकार निलिमा पौडेल सम्मानित

रातोघर

 २०७७ अषाढ २०, शनिबार  मा प्रकाशित
५१२ पाठक संख्या


बीरगन्ज, २० असार – पत्रकारद्वय कन्हैया केशरी र निलिमा पौडेल सम्मानित भएका छन् । गोरखापत्र दैनिकका पर्सा प्रमुख कन्हैया केशरी र रेडियो बीरगन्जमा कार्यरत निलिमा पौडेललाई जीपी कोइराला फाउण्डेसन पर्साले आज एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
केशरी र पौडेललाई २१ हजार रुपैंया नगद र सम्मान पत्र सहित कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेश समन्वय विभाग प्रमुख अजय चौरसियाले सम्मान गर्नु भएको हो । गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्मजन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्र्तगत आज तेस्रो दिन पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएको भन्दै पत्रकारद्वयलाई सम्मान गरेको जीपी कोइराला फाउण्डेसन पर्साका अध्यक्ष महमद सहाबुद्दिनले बताए । यस वर्षबाट शुरु भएको पत्रकार सम्मान कार्यक्रम हरेक वर्ष गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा गरिने उनले बताए । सम्मान ग्रहण गर्दै पत्रकार केशरी र पौडेलले फाउण्डेसन पर्साले शुरु गरेको पत्रकार सम्मान कार्यक्रमको पहिलो वर्षमै आफुहरु सम्मानित हुन पाउँदा गौरवान्वित भएको र काँधमा थप जिम्मेवारी बहन गर्नुपर्ने महशुस भएको प्रतिक्रिया दिए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा फाउण्डेसन पर्साका अध्यक्ष सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौरसिया, अतिथिहरु प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठनका अध्यक्ष निरज पिठाकोटे, ठाकुरराम क्याम्पसका प्राध्यापक हरेराम ठाकुर लगायतले आ–आफ्नो धारण राखेका थिए । वक्ताहरुले सम्मानित हुने पत्रकारद्वय केशरी र पौडेललाई धन्यवाद दिदैं नेपाली राजनीतिमा स्व. गिरिजा प्रसाद कोइरालाले पु¥याएको योगदानको चर्चा गर्दै उहाँलाई स्मरण गरेका थिए ।

साथै, जीपी कोइराला फाउण्डेसनले बीरगन्जमा सक्रिय रुपमा कोराना महामारीको बेलामा नगरलाई स्यानिटाइन गर्ने देखि प्रभावितहरुलाई खाद्यान्न तथा तरकारी वितरण गर्ने सम्मको कार्य गरेको भन्दै फाउण्डेसनको नेतृत्वप्रति वक्ताहरुले सराहना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहजीकरण फाउण्डेसन पर्साका सचिव धीरज गुप्ताले गरेका थिए ।
गिरिजा प्रसाद कोइरालको ९६ औं जन्मजयन्तीको अवसरमा जीपी कोईराला फाउण्डेशन पर्साले तीन दिवसीय कार्यक्रम अन्र्तगत पहिलो दिन मानव सेवा आश्रमका आश्रितहरुलाई दिवा खाना तथा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको थियो भने दोस्रो दिन वृक्षारोपण गरेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban