रगत अभाव भएपछि युवाहरुले आकस्मिक रक्तदान गरे

रातोघर

 २०७७ अषाढ २८, आईतबार  मा प्रकाशित
३६८ पाठक संख्या


२८ असार
रक्त सन्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएपछि युवाहरुले आज आकस्मिक रक्तदान गरेका छन् । रक्त सन्चार केन्द्रले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा वीरगन्जका २५ जनाले युवाहरुले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा ,मित्रदेव यादव ,जेयाद अंसारी ,रामबाबु मण्डल , ईबने अलि मंसरी ,भगवान साह ,आनन्द कुमार साह ,आशिष साह ,उपेन्द्र महतो ,कुन्दन गुप्ता ,अरफात अंसारी लगायतका रहेको युवा नसिम अख्तरले जानकारी दिए । केहि दिनदेखी रतm संचार केन्द्रमा रगत अभाव भएको भन्दै खबर आएपछि सामुहिक रुपमा पुगेका युवाहरुले रतmदान गरेको अख्तरले बताए ।

रगतको माग दैनिक ४० देखि ५० पिन्ट भएको र केन्द्रमा रक्त सञ्चय नहुँदा समस्या भएको रक्त सन्चार केन्द्र वीरगन्जका प्रमुख शौरभराज पाण्डेले बताए । रगतको अभाव हुन नदिन संघसंस्थाहरूलाई रक्तदान गरेर सहयोग गर्न आग्रह प्रमुख पाण्डेले गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban