बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण

रातोघर

 २०७७ श्रावण ५, सोमबार  मा प्रकाशित
३६७ पाठक संख्या


 

बारा । कोभिड १९ मा नियन्त्रण भएको दाबी गर्दै सरकारले सार्वजनिक यातायात सञ्चालनको अनुमती दिएसँगै बारामा ४६ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । कोरोना पोजेटिभमा वडाध्यक्षदेखि कर्मचारीलगायतका रहेका छन् । सबैको स्वायब संकलन गरी विरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालको ल्यावमा परिक्षणको लागि पठाईएको थियो ।

सोमबार आएको नतिजामा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजेटिभ पाईएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी गराएका छन् । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र सर्लाहीको धनकौल घर भई बारामा कार्यरत ६ गरि ४६ जनामा कोरोना पोजेटिभ रहेको प्रमुख जिल्ला अधिकारी पंडितले जानकारी गराए ।

कोरोना पोजेटिभ भेटिएकाहरु मध्ये ३४ जना पुरुष र १२ जना महिला संक्रमित रहेका छन् । संक्रमित मध्ये देवताल गाउँपालिकाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र अन्य कर्मचारी समेत रहेका जिल्ला प्रशासन कार्यलयले जनाएको छ । स्थायिन तहले लाखौं लाख विकासको बजेट क्वारेन्टाइनमा खर्च गरेता पनि व्यवस्थित क्वारेनटाईन नभएर संक्रमितहरु आफनो घर समुदायको व्यक्तिसँगै बस्दै आएका थिए ।

प्रशासन, स्थानिय तह सचेत नभएकै कारण कोरोना पोजेटिभ दिनहु बढेको स्थानियहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यलयले कारवाहि स्वरुप मास्क नलगाएकालाई पक्राउ गरि रु एक सय जरिवाना गरि छोडने काम मात्र गर्ेको स्थानिय बताउँछन् । जरिवानाको साटो गाउका सोझासाझा जनतालाई सचेत गराउने कायक्रमहरु प्रशासन, स्थानिय तहहरुले सञ्चालन गर्नुपर्ने आवश्यक रहेका देखिन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban