धादिङमा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

रातोघर

 २०७७ श्रावण ६, मंगलबार  मा प्रकाशित
२८९ पाठक संख्या


काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

मध्यराति घरमाथीबा६ आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । हिजो मात्रै गजुरी गाउँ पालिकामा छ घर पहिरोले बगाउदा १७ वर्षीय किशोरीको मृत्यु भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban