

कोल्हवी । बाराको कोल्हबी नगरपालीका ८ मा केहीदिन अघिदेखी जंगली बाघले स्थानियलाई त्रसित बनाईरहेको छ । केहीदिन अघिमात्रै कोल्हबी ८ मा एक गाई र कुकुर मारेको घटना बाहिर आएको थियो ।
अहिले सोही बाघ गाउँमा पुनः देखिएपछी स्थानिय आतंकित बनेका छन् । वडा नम्बर ८ का स्थानिय मिलन हमालका अनुसार ८ नम्बर वडाको एक निजि बिद्यालय पछाडी घना बस्तीकै बिचमा घाँस काटने महिलाहरुले बाघ देखेपछी आतंक फैलिएको हो ।
स्थानियका अनुसार बाघ सहित दुई डमरु (बच्चा) पनी साथमै रहेको बुझिएको छ ।
बाघलाई सम्बन्धित निकायले तुरुन्त नियन्त्रणमा नलिने हो भने मानविय क्षती हुन सक्ने भन्दै स्थानियले हारगुहार गरिहरेका छन् ।
यता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले सो क्षेत्र डिभिजन वन कार्यालय बाराको भएको बताएका छन् ।
उनले डमरु सहितको बाघ भएको भए त्यसलाई नियन्त्रण लिन समेत नसकिने बताए ।
‘बच्चा सहितको बाघ नियन्त्रण गर्न हामीसंग मेन पावर छैन, त्यसका लागी चितवनबाट नै टोली मगाउनुपर्छ’ , उनले भने ‘बच्चा सहितको बाघ गाउँमा बस्दैन, त्यसले उपयुक्त माहोल मिलाएर जंगल नै फर्किन्छ । ’
महर्जनले बच्चा बोकेर हिंडने बाघहरु खतरनाक हुने भन्दै स्थानियलाई सतर्क रहन समेत आग्रह गरेका छन् ।
यसैबिच डिभिजन वन कार्यालयका प्रमुख मन्जुर आलमले टोली छ्टिटै सो क्षेत्रमा पठाउने बताएका छन् । उनले पनी बाघलाई नियन्त्रणमा लिने क्षमता भने नभएको बताए ।
‘त्यसरी देखिएको भए स्थानियलाई सावधानी अपनाउन आग्रह गर्ने हो ।’ उनले भने, ’हामीले निकुञ्जसंग सहकार्य गरेर त्यहाँ पुग्छौ ।’





Write your Comment