कोल्हवी ८ का यूवाहरुद्धारा राहत वितरण

रातोघर

 २०७७ श्रावण ८, बिहिबार  मा प्रकाशित
४६६ पाठक संख्या


बारा।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा यूवाहरुको समुहले राहत वितरण गरेको छ ।
वैदेशिक रोजगारको शिलसिलामा बिदेशमा रहेका कोल्हबी ८ का यूवाहरुको समूह फ्रेन्डस फाउण्डेशनले राहत वितरण गरेको हो ।

कोरोना महामारी र लकडाउनका विन्नि रोजगारी गुमेका तथा अति विपन्न गरि करिब २८ परिवारलाई राहत वितरण गरिएको फाउण्डेशनका संयोजक बावुराम रेग्मीले जानकारी दिएका छन ।

फाउण्डेशनले राहत स्वरुम प्रति परिवार १ देखि २ जना सदस्य भएका परिवारलाई १५ किलो चामल, आधा लिटर तेल, १ किलो नुन वितरण गरेका छन । त्यस्तै सो भन्दा बढी संख्या सदस्य भएका परिवारलाई ३० किलो चामल, १ लिटर तेल, २ किलो नुन वितरण गरिएको फाउण्डेशनका सदस्य लिला बहादुर बस्नेतले बताएका छन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban