ठोरीमा जागे जनता, बनाए रामजन्मभूमि क्षेत्र विकास समिति

रातोघर

 २०७७ श्रावण १२, सोमबार  मा प्रकाशित
७०३ पाठक संख्या


पर्सा । भगवान राम नेपालमा जन्मिएका हुन् भन्दै पर्सा जिल्लाको ठोरीमा राम जन्मभूमि क्षेत्र विकास समिति गठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालको ठोरी आसपास जन्मिएको अभिव्यक्ति दिनुभएपछि ठोरीका स्थानीय जुर्मुराएका हुन् ।

ठोरी पर्सा जिल्लामा पर्छ भने राम जन्मभूमिकै रुपमा कहलिएको माडी चितवन जिल्लामा पर्छ । ठोरी र माडी आपसमा जोडिएका छन् । माडीको अयोध्यापुरी क्षेत्रले पनि आफूलाई राम जन्मभूमिका रुपमा दावी गरिरहेको छ । अयोध्यापुरीका कृष्णराम भट्टराईले सनराइज खबरसँग भन्नुभयो– ‘ठोरी र माडी जोडिएका छन् । प्राचीन अयोध्याकै क्षेत्र हुन् यी दुई ठाउँ ।’

विगतमा ठोरी पनि चितवन जिल्लामै थियो । भट्टराईले ठोरी र माडी क्षेत्रका जनताले मिलेर काम गर्ने बताउनुभयो ।

ठोरी गाउँपालिकाको वडा १ का अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको वडा नं १ र २ को जनप्रतिनिधिहरुको संयुक्त बैठकले विकास समिति बनाएको हो । राम जन्मभूमि सम्बन्धमा सत्यतथ्य खोज अनुसन्धान गर्न आवश्यक पर्ने नीति अवलम्बन गरी ठोरीलाई रामजन्मभूमिको रुपमा बिकास गर्ने उद्देश्य समितिले राखेको छ । त्यसैगरी धार्मिक पर्यटनलाई अगाडि बढाउन, यस क्षेत्रमा भएका पौराणिक ,ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरु खोजी गरी गुरुयोजना बनाउन तथा राम जन्मभूमि सम्बन्धी गतिविधि संस्थागत रुपमा चलाउन समिति गठन गरिएको हो ।

प्रकाश खनालको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष मिना गिरी , सचिव चिरञ्जीवी सापकोटा ,सह सचिव गोकुली रेग्मी ,कोषाध्यक्ष गीतादेवी विष्ट रहेका छ्न् । त्यस्तै सदस्यहरुमा टीका अधिकारी ,शम्भु खड्का ,भवनाथ घिमिरे र उत्तम कार्की रहेका छ्न्। साथै पाँच सदस्यीय प्रतिनिधि सदस्य समेत गठन गरिएको छ । गठित प्रतिनिधि सदस्यहरुमा प्रेम लामा, महेश गौतम, हेमराज बम्जन, धर्मबहादुर बिष्ट र सुदिप थापा रहनुभएको छ । समितिको प्रवक्ता समितिका सचिव चिरञ्जीवी सापकोटालाई तोकिएको वडा नं २ का कार्यवाहक अध्यक्ष श्यामहरी शर्माले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban