उद्योगमन्त्री लेखराज भट्टलाई जहाँ भेट्यो त्यही टाउको काट्ने धम्की

रातोघर

 २०७७ श्रावण १५, बिहिबार  मा प्रकाशित
३०७ पाठक संख्या


उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ।
संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै भट्टले आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको बताए ।
एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।

‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।’

Samayapost.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban