कोरोना संक्रमणको यो महामारीमा राष्ट्रसेवक कर्मचारीले गर्नैपर्ने १० काम

रातोघर

 ५ बैशाख २०७७, शुक्रबार १३:००  मा प्रकाशित

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी त्रास निम्त्याएको छ । नेपालमा लकडाउन जारी भएको पनि हप्तौं भैसक्यो । यस अवधिमा राष्ट्रसेवक चिकित्सक र स्वाथ्यकर्मीले अस्पतालमा र प्रहरीले सडक लगायतमा खटिएर जनताको सेवा गरिरहेका छन् । यस्तो सेवाको चौतर्फी तारिफ पनि भएको छ । अन्य राष्ट्रसेवक कर्मचारी पनि नीति निर्माण, कामको व्यस्थापन र सहयोगीको भूमिकामा रहेका छन् ।

संघीय मन्त्रालयका सचिव तथा विभागका महानिर्देशक लगायतका केन्द्रका कर्मचारी कोरोना संक्रमण नियन्त्रणको नीति निर्माण, औषधि लगायतका उपकरण व्यवस्थापन र आपूर्ति व्यवस्थापन गर्न तथा बाह्य सहयोग जुटाउन मन्त्रीहरूलाई सघाइरहेका छन् । यसैगरी प्रदेश सरकार र स्थानीय सरकारमा रहेका कर्मचारीले पनि संक्रमण नियन्त्रणको कार्यक्रम सञ्चालन गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने जस्ता काममा संलग्न रही आएका छन् । यसैगरी प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लास्तरीय कर्मचारी पनि जनताको सेवामा दत्तचित्त छन् । उनीहरूले जनप्रतिनिधिहरूलाई आ–आप्mनो क्षेत्रबाट सघाइरहेका छन्

यस विषय परिस्थितिमा निजामती, सेना, प्रहरी, शिक्षक लगायतका समस्त राष्ट्रसेवक कर्मचारीहरूले उच्च मनोबलका साथ मन, वचन र कर्मले मुलुक र मुलुकवासीको सेवामा आप्mनो ज्यानको बाजी लगाएर अनवरत सेवामा जुट्न केही उत्प्रेरणाका टिप्स प्रस्तुत गर्न चाहन्छु ।

१. स्वउत्प्रेरित हुने

शिक्षा मनोविद् रुसोका अनुसार मानिसले अनुभवबाट सिक्छ । यसैगरी प्याभलकका अनुसार मानिसले गल्तीबाट पनि सिक्छ । साथै, किम्बलका अनुसार अन्तरदृष्टिबाट र यङका अनुसार प्रेरणाबाट सिक्छ । यस अतिरिक्त एलिस क्रोका अनुसार मानिस स्वयं जागरुक भएर सिक्छ । नेपालमा कहिल्यै अनुभव नगरिएको कोरोनाको त्रास विरुद्ध पनि आम राष्ट्रसेवक कर्मचारी स्वउत्प्रेरित भै यस कामका सफल हुनुपर्छ ।

२. थ्री एचको सिद्धान्त प्रयोग गर्ने 

थ्री एचको अर्थ हेड, हार्ट र हायण्ड हो । यसर्थ आम कर्मचारीले कोरोनाबाट आम जनतालाई बचाउन राम्ररी दिमाग खियाएर काम गर्नुपर्छ । कोरोनाजस्तो शक्तिशाली शत्रुलाई कम आँक्नु हुँदैन । नेपालीमा एउटा भनाइ छ, स्यालको सिकारका लागि बाघको सिकार गर्ने सरहको तयारी गर्नु । आम कर्मचारीको हृदय कोमल हुनुपर्छ । ती दयावान हुनुपर्छ । दीनदुःखी र असक्त जनतालाई तिनले न्याय दिनुपर्छ । यस अतिरिक्त आम राष्ट्रसेवक कर्मचारीको मुख चलेझै हात पनि चल्नु पर्छ । ती काममा दत्तचित्त हुनुपर्छ । कर्म नै महान् सेवा हो । यसैकारण मन, वचन र कर्मले सेवा गर्नुपर्छ भनिएको हो ।

३. रोलमोडलबाट सिक्ने 

विश्वमा प्लेग रोग फैलिएका बखत डा. हेनी गायनले अतुलनीय भूमिका निर्वाहगरी आम मानिसको ज्यान बचाउनुभएको थियो । यसर्थ उहाँले मृत्युपर्यन्त आपूmलाई जीवन्त राख्नु भएको छ । आपूm फाटेको सिरक ओढेर काँप्दै सुत्ने चाणक्यले आम गरीबलाई बाक्ला नयाँ सिरक वितरण गरेर तिनलाई बचाएका थिए । यसर्थ राष्ट्रसेवक कर्मचारीले आपूm बाँच्ने र जनतालाई पनि बचाउने ध्येय लिनुपर्छ ।

४. सधैँ राष्ट्र र जनताको सेवामा रहने

भात्रृहरिले मानिसलाई ४ वर्गमा वर्गिकरण गर्नुभएको छ । उहाँका अनुसार उच्चकोटीका मानिस सदैव राष्ट्र र जनताको सेवामा समर्पित हुन्छन् । सामान्यकोटीका मानिस आप्mनो उन्नति र प्रगतिमा दत्तचित्त रहन्छन् । निचकोटीका मानिस अर्काको कुभलो चिदाउँदै दिन बिताउँछन् । दुष्टकोटीका मानिसहरू नत आप्mनो हित, नत राष्ट्रको हित, जताततै भताभुंग होस् भनी विनासका लागि अग्रसर हुन्छन् । यसर्थ राष्ट्रसेवक कर्मचारीहरू निशन्देह उच्चकोटीका मानिसमा पर्नुपर्छ ।

५. घामले जस्तो न्यानोपना दिने 

मानिसले घाम ताप्छन्, न्यानोपनाका लागि । यसर्थ पोल्ने घाम भन्दा न्यानो घाम नै सबैका लागि प्रिय हुन्छ । भनिन्छ, एउटा सलाइको काँटीले अँध्यारो कोठामा दियो बालेर पूरै कोठालाई उज्यालो बनाइदिन्छ । यस्तै अर्को सलाइको काँटीले पूरै वनमा डढेलो लगाएर वन नै सखाप तुल्याइदिन्छ । यसर्थ, राष्ट्रसेवक कर्मचारीले कोरोनाको कहरमा आम जनतालाई आशाको दियो बालेर आश्वस्त तुल्याउनुपर्छ ।

६. जनमैत्री काम गर्ने

एउटा सत्य भनाइ छ, सबै फूल फुल्दैमा बास्ना चल्दैन । जाइ र चमेली फूल्दा बास्ना चल्छ, तर उन्युँ र खर फुल्दा बास्ना चल्दैन । यसबाट बुझिन्छ, कर्मचारीले गर्ने सबै कामबाट जनता प्रसन्न हुन सक्तैनन् । यसर्थ जनतासँग मिलेर काम गर्नुपर्छ । आदर चाहनेले पहिला अरूलाई आदर गर्नुपर्छ ।

गान्धीले भन्नु भएको छ, तिम्रा दूईवटा कान छन्, धैरै सुन । दूईवटा आँखा छन्, पहिला राम्ररी हेर । यकिन गर । एउटामात्रै मुख भएकाले तौलिएर कम बोल । गल्ती नबोल । तर, नबिराउनु, नडराउनु भने झैं जनताको सूचनाको हकको उच्च सम्मान गर । सत्य बोल । यही नै कर्मचारीतन्त्रको धर्म हो । यही नै सेवाको मर्म पनि हो ।

७. सकारात्मक सोच राख्ने

आनीले गीत गाउनु भएको छ, फूलको आँखामा पूmलकै संसार, काँडाको आँखामा काँडै संसार भनेझै आपूm अनुकूल परिस्थिति बन्छ । यसर्थ राष्ट्रसेवक कर्मचारी सबैले मैले के पाएँ भन्दा पनि मैले राष्ट्र र जनतालाई के दिन सकेँ भनेर आफैंलाई प्रतिप्रश्न गर्नुपर्छ ।  यसैगरी यो गरेर के फाइदाको सट्टा यो गरेर के बेफाइदा भनी प्रश्न गर्नुपर्छ । साथै यस्तो विषम परिस्थितिमा अहिले नगरे कहिले गर्ने र मैले नगरे कसले गर्ने भन्ने सोचका साथ अघि बढ्नुपर्छ ।

८. सफलता हात पार्न अग्रसर हुनुपर्छ

रवीन्द्रनाथ टेगोरले भन्नुभएको छ, किनारामा उभिएर र पानीमा हेरेर मात्र समुन्द्र पार गर्न सकिन्न । यसर्थ हिम्मतका साथ पानीमा हेलिनुपर्छ । यर्थाथमा पोखरीमा हामफाल्ने सबै मानिस मर्दैनन्, पौडन नजान्ने मात्रै मृत्युको मुखमा पुग्छन् भन्ने भनाइलाई आत्मसात् गरी कर्मचारीतन्त्र कोरोना विरुद्धको मोर्चामा खडा हुनुपर्छ ।

यसबाट कर्मचारीतन्त्रको जित हुने र कोरोनाको पराजय हुने पक्का छ ।

९. परिवर्तनउन्मुख सोच राख्ने

रुखले जसरी बर्सेनि पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकूल बदल्नुपर्छ । कर्मचारीतन्त्र परिवर्तनको बाहक हो । हालको विषम परिस्थितिमा राष्ट्रसेवक कर्मचारीहरूले आफैँले सही दिशा पहिचान गरी अघि बढ्नुपर्छ । एउटा सत्य भनाई छ, हिमालबाट शुरु भएको खोला बाटो नसोधी हिँड्दा पनि समुन्द्रमा पुग्छ । सोही रितले कर्मचारीतन्त्र पनि आप्mनो गन्तव्यमा पुग्ने निश्चित छ ।

१०. कर्मचारीको साख बढाउनु पर्छ

क्रियाशीलताले नै पहिचान बन्ने हो । ३ ओटा अलग–अलग भाँडामा एक साथ आलु, अण्डा र कफीको गेडालाई राखेर उमालियो । केही क्षण पछि हेर्दा साह्रो आलु पूर्णतः गलित भएछ । भित्र तरल पदार्थ भएको अण्डा पुनः तरल हुन नसक्ने गरी साह्रो भएछ । कफीको गेडा फुटेर पुरै पानीलाई सुगन्धित बनाइदिएछ । पहिलेको पानी हाल कफी भएछ । यसर्थ हामी आलु, अण्डा वा कफी के बन्ने हाम्रै हातमा छ ।

नेपालका राष्ट्रसेवक कर्मचारीहरू, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती, शिक्षक लगायत सबैले यस संकटको घडीमा मुलुक र जनताको सेवा गरी कर्मचारीतन्त्रको साख उज्ज्वल तुल्याउनु हुनेछ भन्ने विश्वासका साथ सफलताको कामना गर्दछु ।

कृष्णहरि बास्कोटा
लोकान्तरका लागी ,कृष्णहरि बास्कोटा

 

Write your Comment