पर्सामा बैकिंङ कसुर सम्बन्धि मुद्दामा ह्रवात्तै वृद्धि

रातोघर

 २०८० श्रावण २४, बुधबार  मा प्रकाशित
३०७ पाठक संख्या


वीरगञ्ज ।

पर्सामा बैंकिङ कसुर सम्बन्धि मुद्दामा ह्वात्तै वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तीन वर्षको प्रगति विवरण अनुसार पर्सा जिल्लामा गत आर्थिक वर्षमा बैंकिङ कसुर सम्बन्धि मुद्दामा ह्वात्तै वृद्धि भएको हो ।पर्सा प्रहरीले दिएको विवरण अनुसार गत आर्थिक ०७९/८० मा ६ सय २ वटा बैंकिङ कसुरका उजुरी जिल्लामा परेको छ । जसमध्ये ५ सय २० वटा मुद्दा फच्र्छौट गरिएको छ । त्यस्तै ८२ वटा मुद्दा अझै अनुसन्धान हुदैँ छ ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा कार्यालयमा जम्मा ७२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ । यस्तै, आव ०७८/७९ मा यो सङख्या बढेर ३ सय ८४ वटा पुगेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

गत आवमा बैंकिङ कसुर सम्बन्धि मुद्दामा वृद्धि भएको पर्साका प्रहरी उपरीक्षक एसपी कोमल बिक्रम शाहले जानकारी दिनुभयो । पर्सा प्रहरीमा दर्ता भएका विभिन्न शिर्षकका २ हजार २ सय ७२ मुद्दामध्ये अधिकांश मुद्दा बैंकिङ कसुरका रहेकोले कुल मुद्दाको सङख्या पनि बढी देखिएको शाहले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban