बढी मूल्यमा मल बेच्ने वीरगञ्जका सहकारीलाई कारबाही गर्ने उपमेयर आलमकाे चेतावनी

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
२८५ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सरकारले तोकेको भन्दा बढी मूल्यमा रासायनिक मल बिक्री गर्ने कृषि सहकारी संस्थालाई कारबाही गर्ने बताएका छन् ।

महानगरपालिकाको सभाकक्षमा बुधवार कृषि सहकारी संस्थाका सञ्चालकहरूको बैठकमा उपमेयर आलमले बढी मूल्यमा मल बेच्ने सहकारी संस्थालाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

सहकारी संस्थाले सरकारले तोकेको भन्दा बढी मूल्यमा मल बिक्री गरिरहेको गुनासो किसानहरूबाट आएको भन्दै उनले अब यस्तो गुनासो सुन्न नपरोस् भनेर सहकारी संस्थाका सञ्चालकहरूलाई सचेत पनि गराए ।

उनले सरकारले उपलब्ध गराएको मल सहज रूपमा किसानलाई उपलब्ध गराउन सहकारी संस्थाका सञ्चालकहरूलाई निर्देशन पनि दिए ।

बैठकमा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख प्रतिज्ञा वैद्य, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख रोशनी यादवका साथै महानगरमा रहेका कृषि सहकारी संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban