पर्सागढीमा पनि आँखा पाक्ने समस्या

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
३०५ पाठक संख्या


बिरुवागुठी ।

पर्सागढी नगरपालिकासमेत जिल्लाका ग्रामीण भेगमा आँखा पाक्ने रोग आइफ्लूको सङ्क्रमण बढेको छ ।आँखा पाक्ने रोग आइफ्लूको सङ्क्रमण बढिजसो तीनदेखि १२ वर्षसम्मका बालबालिकाहरूमा देखा परेका छन् ।

अहिले  स्थानीय क्लिनिकमा दर्जनौं यो रोगबाट पीडित मानिसहरू जचाउन आउने गरेको पाइएको छ । पर्साका केही सामुदायिक विद्यालयहरू वर्षे बिदाका कारण बन्द छन् । तर निजी विद्यालयहरू भएकाले विद्यार्थीहरूमा यो रोगको प्रकोप देखिएको छ ।

सामुदायिक विद्यालयहरू खुलेपछि झन् बढी सङ्ख्यामा आँखाका रोगीहरू देखा पर्नेछन् । आँखा पाक्ने आइफ्लू भीडभाडमा बढी सर्ने हुँदा यस्ता रोगीहरूदेखि टाढै बस्न चिकित्सकहरूले सुझाएका छन् ।

आँखा तथा दन्त अस्पताल, पर्सागढीका सञ्चालक जीतेन्द्रकुमार गिरीले अहिले दैनिक दर्जनौँ बालबालिकाहरूको  आँखामा समस्या लिएर आउने गरेका बताए । उनले आँखा चिलाउने, आँसु आउने, सुनिन्ने, चिप्रा आउने जस्ता लक्षणहरू देखा परेका र यस्ता बिरामीहरू बढीमा एक सातामा निको हुने गरेको अनुभव सुनाए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban