सिमरामा निशुल्क आँखा शिविर सम्पन्न, १६० जनाको परीक्षण

रातोघर

 २०८० श्रावण २६, शुक्रबार  मा प्रकाशित
३९५ पाठक संख्या


बारा । 

बाराको सिमरामा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रुपान्तरण युवा क्लबले वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा निशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको थियो ।

सिमराको नगरबस्तीमा क्लबका अध्यक्ष रामकुमार अर्यालको अध्यक्षतामा भएको शिविरमा १ सय ६० जनाले चेकजाँच गराएको गराएका थिए

चेकजाँच गराएकामध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ भने २० जनामा मोतिबिन्दुको लक्ष्ण देखा परेको छ । मोतिबिन्दु देखिएका बिरामीको निशुल्क शल्यक्रिया गरिने जानकारी दिए ।

शिविरमा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, अस्पतालका आँखा रोग विशेषत्र नैन यादव, व्यवस्थापक प्रेम घिमिरे, सहयोगी संस्था अभियान डिजिटल वल्र्डका दिपेश वर्णवाल, रिसिकान्त गुप्ता, क्लबका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban