

वीरगञ्ज ।
पर्सा जिल्लामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार पर्सा जिल्लामा मात्र गत आर्थिक वर्षमा ६ सय २ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।
पर्सा प्रहरीको तीन वर्षको तथ्यांकअनुसार पर्सामा गत आर्थिक वर्षमा बैंकिङ कसुरका मुद्दामा ह्वात्तै वृद्धि भएको छ। गत आवमा बैंकिङ कसुरका मुद्दा वृद्धि भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
प्रहरी तथ्यांकअनुसार गत आर्थिक ०७९/८० मा पर्सामा ६ सय २ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमध्ये ५ सय २० वटा मुद्दा फर्स्यौट भएका छन् भने ८२ मुद्दा अझै बाँकी छन्।पर्सा प्रहरीमा दर्ता भएका २२ सय ७२ मुद्दामध्ये अधिकांश मुद्दा बैंकिङ कसुरका रहेकोले कुल मुद्दाको संख्या बढी देखिएको शाहले बताए ।
आव ०७७/७८ मा जम्मा ७२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएकोका थिए । यस्तै, आव ०७८/७९ मा ३८४ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
गत आवमा कुल २ हजार २७२ वटा मुद्दा दर्ता भएका थिए। जबकि आव ०७७/७८ मा कुल १ हजार १७३ र आव ०७८/७९ मा १ हजार ८०३ मुद्दा पर्सा प्रहरीमा दर्ता भएका थिए ।





Write your Comment