लायन्स क्लबको संयुक्त पदस्थापन समारोह वीरगञ्जमा सम्पन्न

रातोघर

 २०८० श्रावण २९, सोमबार  मा प्रकाशित
५४४ पाठक संख्या


वीरगञ्ज ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालको एरिया ३ अन्तर्गत रहेका क्लबहरूको संयुक्त पदस्थापन समारोह वीरगञ्जमा सम्पन्न भएको छ ।वीरगञ्जको आदर्शनगर स्थित त्रिशला रेस्टुराँमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका डिस्ट्रिक्ट गभर्नर डिएन अग्रवालले एरिया ३ अन्तर्गत रहेका क्लबहरूका नवनिर्वाचित पदाधिकारी एवम् क्लबमा भित्रिएका नयाँ सदस्यहरूलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै पदस्थापन गराएका हुन् ।

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा गरेको उत्कृष्ट कार्यबाट आफू प्रभावितभएको बताउँदै आगामी दिनमा वीरगञ्ज महानगरपालिकासँग सहकार्य गर्न आग्रह गरेका थिए । समारोहमा कावेरी एकेडेमीका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लायन वर्ष २०२२/२३ का अध्यक्षहरूले आ-आफ्ना कार्यकालका गतिविधि सहितका प्रतिवेदन र २०२३-२४ का लागि पद स्थापित अध्यक्षहरूले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन कविता हलानको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन डा. रमेश अग्रवाल, पूर्व डिस्ट्रिक्ट गभर्नरद्वय डा. रामअवतार प्रसाद खेतान, शम्भु नकर्मी, फस्ट लेडी सुनिता अग्रवाल वरिष्ठ उद्योगपति वीरेन्द्र संघई, एरिया ३ का प्रमुख पिएमजेएफ उमेश शर्मा, क्याबिनेट सेक्रेटरी एमजेएफ बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर राम बिहारी पाण्डे, एरिया ३ की ट्रेजरर आश्मा सिंह यादवलगायतले आ-आफ्नो भनाई राखेका थिए ।कार्यक्रमको सहजीकरण लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन श्वेता क्षेत्रीले गरेकी थिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban