बारामा १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार पासवान काठमाडौंबाट पक्राउ

रातोघर

 २०८० श्रावण २९, सोमबार  मा प्रकाशित
६४१ पाठक संख्या


वीरगञ्ज ।

बारा प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती गरेर फराए रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको करैयामाई गाउपालिका–४ बस्ने २६ वर्षीय पानालाल पासवान रहेका छन्।पासवानले २०७९ पुस १६ गते राति ८ बजेको समयमा ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। उनलाई काठमाडौं–३ बसुन्धारामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।पक्राउ परेका पासवानलाई जिल्ला अदातल, बाराबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban