सर्पको टोकाइबाट पर्सामा युवकको मृत्यु

रातोघर

 २०८० श्रावण ३१, बुधबार  मा प्रकाशित
५७४ पाठक संख्या


वीरगञ्ज ।

पर्साको ग्रामीण भेगमा मङ्गलवार राती सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका २४ वर्षीय सेठ महतो केवट रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिस्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक रुद्र भट्टका अनुसार मङ्गलवार राती आफ्नै घरमा सुतिरहेका बेला करिब एक बजे तिर महतोलाई सर्पले टोकेको थियो ।

सर्पले टोकेको केही समयमै उनको मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक भट्टले जानकारी दिए ।गर्मी बढेसँगै जिल्लाको ग्रामीण भेगमा सर्प दंशको घटनामा वृद्धि भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban