पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ

रातोघर

 २०८० श्रावण ३१, बुधबार  मा प्रकाशित
४७८ पाठक संख्या


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका ‘एमआईएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई २ लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले बताए । दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ  ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban