संवाद फाउण्डेशन पर्साद्वारा नवदिप एकेडेमीमा आँखा शिविर सम्पन्न

रातोघर

 २०८० श्रावण ३१, बुधबार  मा प्रकाशित
३७९ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जको भिस्वास्थित नवदिप एकेडेमीमा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । संवाद फाउण्डेशन पर्साको आयोजनामा आँखा शिविर सम्पन्न भएको हो । फाउण्डेशनका पर्सा जिल्ला संयोजक रोशन चौरसियाको अध्यक्षतामा किरण आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।

पछिल्लो समयमा फैलिरहेको आँखा पाक्ने रोगको बारेमा विद्यार्थीहरुलाई सचेत गराउने अभिप्रायले नवदिप स्कुलमा आँखा शिविरको आयोजना गरिएको फाउण्डेशन पर्साका संयोजक चौरसियाले बताए । स्कुलमा आयोजित आँखा शिविरबाट विद्यार्थीहरु लाभान्वित हुनुका साथै आँखाको सुरक्षा र हेरचाहका बारेमा सचेत भएको विद्यालयकी प्रधानाध्यापक सुशिला साहले बताइन् ।

आँखा शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका लगायत ५ सय जनाको आँखा परीक्षण गरिएको थियो । किरण आँखा अस्पतालका प्रबन्ध निर्देशक नेत्र चिकित्सक डा. अमर क्याल, नेत्र सहायकद्वय प्रभात पासवान, अरुण कुशवाह, रुबी मिश्र, राजकुमार भण्डारी, कविता पोखरेल लगायतले आँखा परीक्षण गरेका थिए ।

शिविरमा संवाद फाउण्डेशनकी क्षेत्रीय सदस्य अमृता गुप्ता, पर्सा जिल्ला सहसंयोजक अवनितराज रौनियार, सदस्यहरु ज्योती गुप्ता, मुशेक दास, रोशनी गिरी, निभा शर्मा, सुशान्त गिरी लगायतको उपस्थिती रहेको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban