मधेशमा ८२. ५८ प्रतिशत धान रोपाइँ, सबैभन्दा बढी ९८ प्रतिशत बारामा

रातोघर

 २०८० भाद्र ७, बिहिबार  मा प्रकाशित
३०५ पाठक संख्या


बारा ।

नेपालको अन्न भण्डारको रूपमा लिइने मधेश प्रदेशमा भदौको पहिलो सातासम्ममा ८२ दशमलव ५८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेश प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४ लाख १ हजार ६५० हेक्टरमध्ये हालसम्म ३ लाख ३१ हजार ६८२ दशमलव ५७ हेक्टरमा धान रोपाइँ भएकोे कृषि विकास निर्देशनालयले जानकारी दिएकोे छ । निर्देशनालयका अनुसार प्रदेशका आठ जिल्लामध्ये बारामा सबैभन्दा बढी ९८ प्रतिशत धान रोपाइँ भएको हो । बारामा कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमा धान रोपाइँ हुन्छ ।

त्यस्तै ४७ हजार १३० हेक्टरमध्ये धान रोपाइँ हुने पर्सामा ९७ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । रौतहटमा धान रोपाइँ हुने कुल क्षेत्रफल ३५ हजार हेक्टरको ९६ प्रतिशत रोपाइँ सकिएकोे निर्देशनालयले जानकारी दिएको छ । सर्लाहीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार हेक्टरको ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

यस्तै, धनुषामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५८ हजार हेक्टरमध्ये ७० प्रतिशत क्षेत्रमा रोपाइँ भएको हो । महोत्तरीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४७ हजार ५०० हेक्टरको ६५ प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ । त्यस्तै सिरहामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजारको ७० प्रतिशत रोपाइँ भएको छ । सप्तरीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ६८ हजार रहेकामा ९० प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban