

बारा।
बाराको चुरियामाईमा बिहीबार बिहान दुर्घटनामा परेको बसका चालक (ड्राइभर) ले मदिरा (रक्सी) सेवन गरेको बुझिएको छ ।दुर्घटनाका क्रममा घाइते भएकाहरूका अनुसार ड्राइभरले रक्सी सेवन गरेर गाडी चलाएका थिए । राती होटेलमा खाने खाने क्रममा ड्राइभरले रक्सी खाएको घाइते मध्येका धरम सिंहले प्रहरीलाई बताएका छन् ।
होटेलमा मदिरा सेवनपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरियामाई मन्दिर ओरालोमा आएपछि आफू हाम फालेर भागेको सिंहले बताए । सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ ।
दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक नेपालीसहित सात जनाले ज्यान गुमाएका छन् भने अन्य १७ जना घाइते भएका छन् । अधिकांश भारतीय तीर्थयात्री सवार मधेस प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस काठमाडौँबाट जनकपुर तर्फ जाने क्रममा शुक्रवार बिहान करिब अढाई बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका – २२ चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको थियो ।





Write your Comment