पर्सा प्रहरीद्वारा मालवाहक ट्रक नियन्त्रणमा

रातोघर

 २०८० भाद्र ८, शुक्रबार  मा प्रकाशित
४६२ पाठक संख्या


वीरगञ्ज ।

पर्साबाट प्रहरीले ९५ लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ९५ लाख ४३ हजार १०६ रुपैँया बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

विभिन्न किसिमका खुद्रा, हार्डवेयर सामानहरु लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका लागि रोकेको थियो । सोही क्रममा ना ४ ख ९१३९ नम्बरको मालवाहक ट्रकमा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज–१४ गण्डकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका ट्रकलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban