पर्सागढीको जनता सडकस्थित खोलाको ह्युपाइप बाढीले बगाउँदा सर्वसाधारणलाई सास्ती

रातोघर

 २०८० भाद्र १०, आईतबार  मा प्रकाशित
३६२ पाठक संख्या


वीरगञ्ज ।

गएरातिको भारी वर्षाको कारण पर्साको पर्सागढि नगरपालिका वडा नं. २ जनता सडकमा पर्ने मेघा खोलाको ह्युपाईप बाढीले बगाउँदा जनता सडक भएर आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।

जनता सडक भएर चल्ने बस अटो तथा भाडाका सवारी साधनहरु अहिले ठप्प भएका छन् । भने साईकल, मोटरसाईकल जोखिम मोलेर चलाउनु परेको चालकको गुनासो छ । ह्युपाईप बगाउँदा सडकमा ठुलो खाडल परेको र सो सडक भएर आवतजावत गर्ने ठुला सवारीसाधन समेत चल्न नसकेको र साना सवारी साधनहरु जोखिम मोलेर चलाउनु परेको स्थानीय धर्मेन्द्र चौधरी बताउनुभयो ।

प्रत्येक वर्ष बर्षाको समयमा मेघा खोलामा बाढी आउँदा जनता सडक अवरुद्ध हुँदा सो बाटो भएर आवतजावत गर्ने यात्रु तथा स्थानीयहरुले सास्ती भोग्नु पर्दा तीनै तहका सरकारले भने पुल निर्माणमा ध्यान नदिएको स्थानियको गुनासो छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban