

वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा समाज सेवी निरञ्जन मिश्रलाई नियुक्त गरेको छमहानगरपालिकाअन्तर्गत रहेका सरकारी तथा सामुदायिक अस्पताल एवम् स्वास्थ्य संस्थाहरूको सरसफाइ लगायतको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारीसहित मिश्रलाई सोमबार महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा नियुक्त गरेका हुन् ।
मिश्रले स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने छन् । यद्यपि उनले काम गरेबापत महानगरबाट कुनै किसिमको भुक्तानी भने पाउने छैनन् । उनलाई अवैतनिक स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ता रूपमा नियुक्त गरिएको मेयर सिंहले बताए ।
स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा मिश्रले उच्च मनोबलका साथ आफ्नो विज्ञताको उपयोग गरी नगरको विकासमा योगदान दिने मेयर सिंहको विश्वास छ ।






Write your Comment