

काठमाडौं।
मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने मौसम प्रणाली) नेपालबाट केही टाढा भएकाले कम्तीमा ३ दिन मौसम बदली (आकाशमा बादल) र वर्षा उल्लेख्य मात्रामा नहुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी शुक्रबारसम्म देशभर कतै भारी वर्षाको सम्भावना छैन ।
मौसमविद् अधिकारीका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । यसअघि यो रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपाली नजिक थियो ।
मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक÷दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।





Write your Comment