मधेश विश्वविद्यालयले प्रथम वार्षिकोत्सव मनाउने, वृक्षरोपणदेखि स्वास्थ्य शिविरको आयोजना

रातोघर

 २०८० भाद्र २०, बुधबार  मा प्रकाशित
३७३ पाठक संख्या


वीरगञ्ज । 

मधेश विश्वविद्यालयले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने भएको छ । यही भदौ २२ गते मधेश विश्वविद्यालयले वार्षिकोत्सवकै अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश विश्वविद्यालयका कुलपति सरोज कुमार यादवको प्रमुख आथित्यतामा प्रथम वार्षिकोत्सव समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए ।

उनकाअनुसार भदौ २२ गते शुक्रवार बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म बहदुरमाई नगरपालिका वडा नम्बर २ स्थित विश्वविद्यालयको जग्गामा वृक्षरोपण गरिनेछ । त्यस्तै साढे ८ बजेदेखि सवा ९ बजेसम्म बिहान बहुदरमाईमै खाजा खुवाएर साढे ९ बजेदेखि साढे १२ बजेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको शाक्यले जानकारी दिए ।

बहुदरमाई मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी बिशिष्ट स्वास्थ्य चिकित्सकहरुको उपस्थितीमा स्थानीयको चेकजाँच गरिनेछ । साढे १२ बजेदेखि पौने २ बजेसम्म मधेश विश्वविद्यालय परिसरमा दीवा खाना खुवाएर २ बजेदेखि वार्षिकोत्सव समारोह सुरु हुने विश्वविद्यालयका रजिष्टार विजय यादवले जानकारी दिए ।

उनकाअनुसार वार्षिकोत्सव समारोह ५ बजेसम्म सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban