वीरगञ्जको सत्यम पब्लिक कलेजमा सिलबन्दी

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
३५७ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाले सत्यम पब्लिक कलेजमा सिलबन्दी गरेको छ । वीरगञ्ज – ९ स्थित सत्यम पब्लिक कलेजले अनुमति नै नलिई कक्षा ११ र १२ सञ्चलान् गरिरहेको पाइएपछि सिलबन्दी गरिएको हो । महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवको नेतृत्वमा कलेजमा पुगेको अनुगमन टोलीले सिलबन्दी गरेको हो।

वीरगन्ज पानीटंकीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम पब्लिक कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban