पर्सागढीमा एक सय २ गरे रगतदान

रातोघर

 २०८० भाद्र २२, शुक्रबार  मा प्रकाशित
२४८ पाठक संख्या


पर्सागढि ।

पर्साको पर्सागढि नगरपालिका वडा न ३ को वडा कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गतिशील व्यापार समिति पर्सागढि–३ बडनिहारको आयोजना र पर्सागढि नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा १० जना महिला सहित १ सय २ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्धघाटन गर्दै नगरप्रमुख गोकर्ण पाठकले रक्तदान गर्नाले कसैले जीवनदान पाउने भएकाले यो एक पूण्यको काम भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नगरबासीलाई उपचार्थ निशुल्क रगतको व्यवस्था समेत गरिएको छ ।

रक्तदान कार्यक्रममा नगर उपप्रमुख पुजा चौधरी, वडाध्यक्ष सुकमान तामाङ्ग, कार्यपालिका सदस्य सिता लामा, पर्सागढिका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल, गतिशील व्यापार समितिका अध्यक्ष टिकाराम पौडेल लगायतको उपस्थिती थियो ।कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिकले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban