तीज नजिकिँदै गर्दा घट्यो सुनको मूल्य

रातोघर

 २०८० भाद्र २४, आईतबार  मा प्रकाशित
४१९ पाठक संख्या


वीरगञ्ज ।

तीज नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रवार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । गत शुक्रवार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban