बारा : ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

रातोघर

 २०८० भाद्र २४, आईतबार  मा प्रकाशित
४२८ पाठक संख्या


बारा ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका – २१ माइराम चोकमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शनिवार दिउँसो ना.६ ख २९९१ नम्बरको ट्याङ्करले पैदल यात्री सोही ठाउँकी ७७ वर्षीय हरीमायालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban