पर्साको धोरेबाट लागुऔषध गाँजा बरामद

रातोघर

 २०८० भाद्र २८, बिहिबार  मा प्रकाशित
२७२ पाठक संख्या


वीरगञ्ज ।

प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय माधवलाल मेहेताको घरमा छापामारी उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

गाँजा राखेको सूचनाको आधारमा प्रहरीको टोली गएर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा एक सय ७३ केजि गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिनुभयो ।

गाँजा बरामद भएपनि मान्छे भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । बरामद भएको गाँजाको बारेमा थप अनुसन्धान कारवाही अगाडि बढाईने प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban