पोखरियामा पनि जलाइयो शिक्षा सम्बन्धी विधेयकको प्रतिलिपि

रातोघर

 २०८० भाद्र २९, शुक्रबार  मा प्रकाशित
२५९ पाठक संख्या


वीरगञ्ज ।

पर्साको पोखरियामा पनि शुक्रवार शिक्षक शिक्षिकाहरूले बुधवार संसद्मा टेबल भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रतिलिपि जलाएका छन् ।

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले पोखरियामा विरोध जुलुस निकालेर प्रदर्शन गर्दै विधेयक जलाएका हुन् ।पोखरिया नगरपालिका – ४ पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालय परिसरमा भेला भई विरोध जुलुस निकाल्दै शिक्षकहरूले बजार परिक्रममा गरेका थिए ।

विरोध जुलुसका क्रममा उनीहरूले ‘शिक्षा विधेयक खारेज गर’ , ‘प्रचण्ड सरकार मुर्दावाद’, ‘शिक्षामन्त्री मुर्दावाद’ लगायतका नारा पनि लगाए ।बजार परिक्रमापछि पोखरिया नगरपालिका कार्यालय अगाडि पुगेर उनीहरूले विधेयकको प्रतिलिपि जलाएको शिक्षक पारस ठाकुरले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban