पर्सा प्रहरीद्वारा एक हजार किलो चिनी बरामद

रातोघर

 २०८० भाद्र ३०, शनिबार  मा प्रकाशित
४६८ पाठक संख्या


वीरगञ्ज ।

भन्सार छली गरेर अवैध रूपमा नेपाल भित्र्याइएको चिनी पर्सा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाको बजार क्षेत्रमा रहेको एक गोदामबाट भन्सार छलेर ल्याइएको चिनी बरामद गरेको हो ।प्रहरीका अनुसार गोदामबाट एक हजार किलो चिनी बरामद भएको छ ।

भन्सार छली चोरी पैठारी गरी चिनी भण्डारण गरी राखेको विशेष सूचनाको आधारमा गोदाममा छापामारी गरेर प्रहरीले उक्त परिमाणको चिनी बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार बरामद चिनीको बजार मूल्य एक लाख रहेको छ ।

बरामद चिनी प्रहरीले सोही दिन थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको डिएसपी थापाले जानकारी दिए । उनले चिनी व्यवसायी र तस्करीमा संलग्नका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban