वीरगञ्ज – कलैया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा पटेलको मृत्यु

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
२९५ पाठक संख्या


वीरगञ्ज ।

मोटरसाइकल दुर्घटनामा परेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला कै कलैया उपमहानगरपालिका २३ बैराठपुर निवासी भगवान् पटेल रहेका छन् ।

बुधवार साँझ वीरगञ्ज – कलैया सडक खण्डअन्तर्गत फेटा गाउँपालिका – १ भलुही चोकमा पटेल सवार प्रदेश -०३-०१७-प ९७५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार बुधवार साँझ साढे ६ बजेको समयमा पटेलले आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

पटेलको शवलाई हाल कलैया अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।वीरगञ्ज – कलैयामा दिनहुँ दुर्घटना हुने गरेको छ । मुख्य गरी साँघुरो सडकमा तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban