

वीरगञ्ज ।
वीरगञ्ज छपकैबाट फेला परेको अरबिन्द कुमार सर्राफको मृत्यु प्रकरणमा नयाँ ‘ट्विस्ट’ आएको छ ।बेवारिसे अवस्थामा फेला परेको अर्धनग्न सर्राफको शवलाई सुरुमा आत्महत्या बताउँने प्रहरी नै मृत्युको दोषी रहेको पाइएको छ ।कारण– सर्राफको मृत्यु हुनु भन्दा पहिला उनको साथीसंग विवाद परेको थियो जुन छपकैया ‘बीट’लाई जानकारी थियो । तर त्यसको बाबजुद पनि प्रहरी गम्भीर नहुँदा सर्राफको मृत्यु हुन गयो ।
के भएको थियो घटना ?
मृतक सर्राफ कलैया – निवासी हुन । उनी बिहानै खाना खाएर घरबाट निस्केका थिए वीरगञ्ज । दिनभरि बीरगन्जमै बसेर उनी आफ्नो जे काम थियो त्यसलाई फत्ते गरे ।त्यसपछि उनी साथीसंग कतै लागुऔषध सेवन गर्न गए ।मृतक सर्राफ पहिलादेखि नै लागुऔषधको सेवनकर्ता भएकाले धीत मर्ने गरी लागुऔषध सेवन गरे । अनि वीरगञ्जमै बसे । राती परेपछि उनी छपकैयाँमा पुगे । जहाँ भेट भयो–उनको छपकैयाकै ‘मौलबी’ नामले चिनिने साथीसंग । जुन भेट उनको लागि सुमधुर नभइ विवादमा परिणत भयो ।अर्थात्ए । तर पछि वास्तविकता बुझेर छपकैयाँ प्रहरी बिटले त्यो पर्सलाई मौलबीलाई जिम्मा लगायो, विवाद सल्टियो ।
कसरी प्रहरी लापरबाही ?
मृतकको पारिवारिक सूचनाका अनुसार छपकैयाँ प्रहरी बिटमा विवाद चलिरहँदा मृतक सर्राफ पुरै अचेत अवस्थामा थिए । अर्थात् लागुऔषध सेवनको ‘नसा’ ले पूरै बेहोस थिए । हो, यही प्रश्न उठ्छ जब प्रहरीकै अगाडि अचेत अवस्थामा कसैले विवाद गर्दा त्यो विवादलाई सुल्झाएर किन अचेत अवस्थामा रहेको मान्छेलाई छाँड्यो ? आफ्नो नियन्त्रणमा किन लिएनन् अथवा घर परिवारलाई किन खबर गरेनन् ? हो,यही प्रहरी चुक्यो जुन गम्भीर लापरबाही भयो ।
प्रहरी बिटको यही गम्भीर लापरबाहीले सर्राफको ज्यान लियो । परिवार स्रोत भन्छ,‘सायद प्रहरी त्यो रात उनलाई आफ्नो नियन्त्रणमा लिएको भएँ छोराको ज्यान जाँदैन्थ्यो, ऊ बाँच्थ्यो ।’ स्रोतका अनुसार विवाद सल्टाएर प्रहरीले दुबै जनालाई घर पठाइदियो । अनि अचेत अवस्थामा रहेका सर्राफको राती मृत्यु भयो ।स्रोतका अनुसार मृतक सर्राफको एक ४ वर्षिया छोरी छन् । श्रीमतीको भने अघिल्लो वर्ष मात्रै मृत्यु भएको परिवारजनले जनाएको छ ।
‘बीट’ले सूचना किन लुकायो ?
मृतक सर्राफबारे हिजोसम्म पर्सा प्रहरी बेखबर थियो । कारण–उनीसंगै परिचय खुल्ने काँगजात थिएन,जसकारण प्रहरीलाई तनाव थियो । तनाव दूर गर्न प्रहरीले शव पहिचान नभएको भन्दै सूचना पनि जारी ग¥यो । जुन सूचनाले फाइदा मात्रै भएन, पहिचानसहित धेरै कुरा खोलिदियो । तर यति गर्दासम्म छपकैयाँ प्रहरी बीट भने मौन थियो । किन मौन थियो यहाँ गम्भीर सवाल उठेको छ ।
नउठोस् पनि कसरी, जब छपकैयाँ प्रहरी बीटलाई मृतकबारे सबै कुरा जानकारी थियो,अनि किन आफ्नो मुख्यालयलाई जानकारी गराएन ?
तथ्यले भन्छ–त्यो जानकारी गराएको भए पर्सा प्रहरीले मृतकको पहिचानका लागि सूचना निकाल्नै पर्दैन्थ्यो, अनुसन्धानको शैली फरक हुन्थ्यो ।जानकार भन्छन्–त्यसकारण यो घटना जेसुकै कारणले भएतापनि प्रहरी बिटको यी २ वटा लापरबाहीले गम्भीर सवाल खडा गरदिएको छ । यही २ असोजमा बीरगन्जको छपकैयाँबाट सर्राफको शव फेला परेको थियो ।
के भन्छ प्रहरी ?
पर्सा प्रहरीको यसमा खासै प्रतिक्रिया छैन । प्रहरी प्रमुख कोमल शाहले यसरी घटना भएको बारेमा आफूहरुलाई जानकारी नभएको जनाए । उनले भने,‘अहिलेसम्म हामी स्थानीयको भनाइ अनुसार अनुसन्धान गरिरहेका थियौं, तर अब प्रहरीको लापरबाहीको बारेमा पनि बुझ्छु । यदि लापरबाही पाइयो भने त्यही अनुसारको कारबाही प्रक्रिया अगाडि बढाइन्छ ।’





Write your Comment