सर्लाहीमा फेरि कर्फ्यु

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
४३२ पाठक संख्या


जनकपुर ।

सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु आजपनि जारी रहेको छ ।दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

मूर्ति विर्सजन गर्ने क्रममा मलङ्गवा–३ मा दुई समुदायबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेल सम्मका लागि कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्मसम्म कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अन्य कुनै प्रकारको गतिविधि गर्न नपाइने आदेशमा जारी गरिएको छ ।कर्फ्यु जारीपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban