प्रेस काउन्सिन नेपालको ५४ औँ स्थापना दिवसमा पर्साका तीन जना पत्रकार सम्मानित

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
३५८ पाठक संख्या


वीरगञ्ज ।

प्रेस काउन्सिन नेपालले पर्साका तीनजना पत्रकारलाई विभिन्न पुरस्कार सहित सम्मानित गर्ने भएको छ । प्रेस काउन्सिल नेपालकोे ५४ औ स्थापना दिवसको अवसरमा पर्सेली पत्रकारहरुलाई विभिन्न पुरस्कार सहित सम्मानित गर्ने काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल नेपालको पुर्व सदस्यका तर्फबाट पर्साका जगदिश शर्मा सम्मानित हुने बताइएको छ । त्यस्तै समावेशी पत्रकारिता पुरस्कारबाट रितेश त्रिपाठी सम्मानित हुनुहुने भएको छ । यस्तै युवा पत्रकारिता पुरस्कारबाट युवराज खड्का सम्मानित हुनुहुने काउन्सिलले जनाएको छ ।काउन्सिलको ५४ औ स्थापना दिवस असोज ६ गते भोली उनीहरु राष्ट्रपतिबाट सम्मानित एवम् पुरस्कृत हुने प्रेस काउन्सिल नेपालले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसमा वर्षेनी पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । यसपटक पनि प्रेस काउन्सिल नेपालले विभिन्न पुरस्कारबाट देशभरका पत्रकारलाई पुरस्कार सहित सम्मानित गर्न लागेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban