सिमरामा हुने अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा, भोली उद्घाटन खेल

रातोघर

 २०८० आश्विन ६, शनिबार  मा प्रकाशित
५२० पाठक संख्या


सिमरा ।

बाराको सिमरामा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । मधेशको शान भेट्रान खेलाडीप्रति उच्च सम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

३ विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता रहने उक्त प्रतियोगिता असोज ७ देखि १३ गतेसम्म सिमरा रंगशालामा हुने आयोजक सिमरा भेट्रान क्लबले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । खेलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब र अभिशेक चर्च भेट्रान क्लब नवलपरासी बिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको तयारी पुरा भएको विषमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिता साझ ४ बजेबाट शुरूहुने र खेल डेनाईट हुने बताईएको छ ।

प्रतियोगितामा बङ्गलादेशको बङ्गलादेश भेट्रान फुटबल क्बल, भारतको क्लिबहाउस भेट्रान फुटबल क्बल, भारतको दार्जलिङ टाउन भेट्रान फुटबल क्बल, ईन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा, चाबेल भेट्रान क्लब, नवजन जागृती युवा क्लब सिमरा, फ्रिडम फाईटर भेट्रान क्लब काठमाडौं, विरगञ्ज युथ एकेडेमी भेट्रान, अभिशेक चर्च भेट्रान क्लब नवलपरासी, चितवन भेट्रान क्लब, जहडा भेट्रान क्लब मोरङ र आयोजक सिमरा भेट्रान क्लब सहित १२ टिमको सहभागिता रहने छ ।

जगदम्बा स्टिलको मुख्य प्रयोजन र जीतपुरसिमरा उपमहानगरको मुख्य सहयोगमा हुने यस प्रतियोगिताको विजेता टिमले २ लाख नगद र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् भने खेलभरिको उत्कृष्ट खेलाडीले ५५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban