वीरगञ्ज ।
वीरगञ्ज हिन्दू समाजको आह्वानमा आज वीरगञ्ज ठप्प पारिएको छ । सर्लाहीको मलंगवामा भएको दुई पक्षबीचका विवादलाई लिएर आज वीरगञ्ज बजार पूरै ठप्प पारिएको हो।
मलंगवा घटनाको दोषीलाई कारबाहीको माग गरिएको आह्वानको समर्थनमा बजार बन्द गरिएको हो । बन्दलाई सफल बनाउँन वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस नगर परिक्रममा गरेको थियो ।
महानगरको मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द भएका छन् । बजार बन्द हुँदा साइकल मोटरसाइकलबाहेकका सवारीसाधन पनि ठप्प छन् । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगञ्ज हिन्दू समाजले जनाएको छ ।
Write your Comment