वीरगञ्जमा सोमबार (भोली) धार्मिक सदभाव र्‍याली

रातोघर

 २०८० आश्विन ७, आईतबार  मा प्रकाशित
३७२ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकाल्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै सोमबार विहान ११ बजे सदभाव र्‍याली निकाल्ने भनेको छ ।

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट सदभाव र्‍याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ – ‘सोमबार सदभाव र्‍याली महानगरको तयारी,विहान १०ः३० बजे सबैजना कर्मचारीहरु पनि आउनुहोला ।

कर्मचारी आउँदा चाहि अनिवार्यरुपमा परिचयपत्र र पोशाकसहित आउँनुहोला।’वीरगञ्जमा केही समययता दुई समूदायबीच विवाद चर्किने सम्भावना बढेपछि त्यसलाई निरुत्साहित पार्नका लागि महानगरले सदभाव र्‍याली निकाल्न लागेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban