महोत्तरीमा दिनदहाडै लुटियो साढे ६ लाख रुपैयाँ

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
३४० पाठक संख्या


वीरगञ्ज ।

मधेस प्रदेशको पूर्व क्षेत्रमा आपराधिक घटनामा वृद्धि भएको छ । पूर्व क्षेत्रमा पर्ने महोत्तरी, सर्लाही, धनुषा, सिराहा जस्ता जिल्लामा दिनहुँ चोरी, लुटपाट र हिंसाका घटना भइरहेको छ ।

स्थानीय प्रशासन र प्रहरीलाई शान्ति सुरक्षा स्थापना गर्न चुनौती थपेको छ भने आम मानिस त्रासमा बस्न बाध्य छन् । खुला सिमानाका कारण पनि चोरी, लुटपाट र हिंसाका घटनालाई नियन्त्रण गर्न चुनौती थपिएको प्रहरीको भनाई छ ।

यस क्रममा आइतबार महोत्तरीमा दिउँसै एउटा दम्पती लुटिएको छ । बैङ्कबाट पैसा निकालेर घर तर्फ फर्किरहेको अवस्थामा महोत्तरीको गौशाला बजारमा दिनदहाडै एउटा दम्पतीबाट साढे ६ लाख रुपैयाँ लुटिएको हो ।

आइतबार साढे ३ बजेको करिबमा गौशाला नगरपालिका – ११ भरतपुर बस्ने ६० वर्षीय शम्भु महतो र उनको श्रीमतीबाट साढे ६ लाख रुपैयाँ लुटिएको हो । गौशालास्थित एनआइसी एसिया बैङ्कमा आफन्तले पठाएको पैसा निकालेर घर तर्फ जाने क्रममा अज्ञात समूहले गणेश मन्दिर नजिकै पैसा खोसेर भागेको पीडित महतोले बताए ।लुटपाट गर्ने व्यक्तिको खोजविन  भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban