अनुमति बिना खोलाबाट बालुवा ओसारपसार गर्ने दश वटा ट्र्याक्टर बारा प्रहरीको नियन्त्रणमा

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
५०३ पाठक संख्या


बारा।

अनुमति बगेर अवैध रूपमा खोलाबाट बालुवा उत्खनन गरेर ओसारपसार गरिरहेको दश वटा ट्र्याक्टरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।बारा प्रहरीले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – ३ स्थित स्थित दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जितपुरतर्फ ल्याउँदै गरेको अवस्थामा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४०, ना.७.प.४५३६ र प्र.०३-००१.त.३९२१ नम्बरको गरी दश वटा अवैध रूपमा खोला उत्खनन गरेर ओसारपसार गरिरहेको आरोपमा ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ ।

ट्र्याक्टर चालकहरूसँग खोला उत्खनन गरेर बालुवा ओसारपसार गर्ने कुनै अनुमति अथवा सिफारिस लगायतका कागजात नभेटिएपछि ट्र्याक्टर नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।नियन्त्रणमा लिइएको ट्र्याक्टर बारे अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban