ग्लोबल बिजनेश कलेजद्वारा वादविवाद प्रतियोगिता

रातोघर

 २०८० आश्विन ९, मंगलबार  मा प्रकाशित
५५७ पाठक संख्या


वीरगञ्ज ।

ग्लोबल बिजनेश कलेजद्वारा वीरगञ्जमा कक्षा १२ का विद्यार्थीहरु बिच छोराछोरीलाई प्रशस्त धनसम्पति दिनुभन्दा शिक्षादीक्षा दिनु बेस भन्ने विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।कलेजका प्रधानाध्यापक श्रीराम दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजमा अध्ययनरत २६ जना विद्यार्थीले भाग लिएका थिए ।

उक्त कार्यक्रमको निर्णयक मण्डलमा ठाकुरराम बहुमुखि क्याम्पसका नेपाली विषयका उप–प्राध्यापक दिलिप कुमार सिंह, सहायक प्राध्यापक रामप्रसाद पाण्डे र निरज सिंह रहेका थियो ।कलेजको वार्षिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई निर्धक्क बोल्ने सिपका विकास गर्न वादविवाद प्रतियोगिताले सघाउने विचार प्रधानाध्यापक श्रीराम दासले बताए ।

कार्यक्रममा श्रुति साह प्रथम, चान्दनी कलवार दोस्रो रोनिश पासवान तृतीय र अदिति कर्ण मानसी नेपाली, कोमल गोश्वामी, एकता पटेलले सान्तवना पुरस्कार पाएका थिए ।कार्यक्रममा कलेजका संस्थापक अशोक सर्राफ, ओम प्रकाश श्रेष्ठ, कलेजका नेपाली विषय प्रमुख संदिप राज साह, शिक्षक दुर्गा गलेल, राज कुमार साह, शुभाङ्कर ठाकुर लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban